सुनचाँदीको मूल्य स्थिर
काठमाडाैं | पुस ४, २०७९
काठमाडौं: नेपाल सुनचाँदी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य १ लाख रुपैयाँ छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको थियो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ४०० रुपैयाँ कायम थियो । जुन, ६०० ले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य समेतस्थिर छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

